२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

राष्ट्रिय वाणिज्य बैँकद्वारा स्मार्ट मनी टल्क्स कार्यक्रम : अपरिचितले गरेको फोन वा म्यासेजमा विश्वास नगर्न आग्रह


सञ्चार डबली
  • आइतबार, चैत ८ २०८२
  • 2.9K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैँकद्वारा स्मार्ट मनी टल्क्स कार्यक्रम : अपरिचितले गरेको फोन वा म्यासेजमा विश्वास नगर्न आग्रह

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोवल मनि विक २०२६ का अवसरमा शुक्रबार नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा स्मार्ट मनि टक्स् कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता विद्यालय तहदेखि आवश्यक रहेको बताए। उनले पैसाको उचित व्यवस्थापन र सदुपयोगका लागि सचेतना अभिवृद्धि गर्नु महत्त्वपूर्ण रहेको भन्दै प्रत्येक व्यक्तिले उपलब्ध पैसाबाट बढी लाभ लिन सक्ने स्पष्ट पारे । 

    मुख्य कार्यकारी अधिकृत खनालले युवा तथा विद्यार्थीहरूले वित्तीय क्षेत्रका विषयमा बढी जानकारी राख्नुपर्ने र यस विषयलाई बैंकले निरन्तर उठान गर्दै आएको उल्लेख गरे । 

    साथै बढ्दो सूचना प्रविधि प्रयोगसँगै वित्तीय क्षेत्रमा थप चुनौती आएको भन्दै देशव्यापी सचेतनाका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए । 

    उनले अपरिचित व्यक्ति वा नम्बरबाट आउने फोन, एसएमएस वा सामाजिक सञ्जालका लिंक नखोल्न र कसैले सित्तैमा पैसा दिन्छु भनी प्रस्ताव राखेमा विश्वास नगर्न सबैलाई अनुरोध गरे । 

    कतिपयले सुरुमा केही रकम वा सामान दिएर त्यसपछि बढी रकम माग गर्ने अभ्यास हुने भएकाले यस्ता प्रलोभनमा नपर्न समेत सचेत गराए । 

    कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्ट, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, शिक्षकहरु दुर्गा कुमारी कँडेल र राम कुमार थापा तथा विभागीय प्रमुखहरू आनन्द सुवेदी, सचिन कुमार श्रेष्ठ र उपप्रमुख उभार पाण्डे सहभागी थिए।

    बैंकले ग्लोवल मनि विकको अवसरमा देशव्यापी वित्तीय साक्षरता र सामाजिक–सामुदायिक कार्यक्रम निरन्तर गर्दै आएको छ। ग्लोवल मनि विक हरेक वर्ष मार्च १६–२२ मा विश्वव्यापी रूपमा मनाइन्छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend