२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा ६२ देशमा विस्तार


सञ्चार डबली
  • बिहीबार , चैत ५ २०८२
  • 2.2K
    SHARES

  • नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा ६२ देशमा विस्तार

    काठमाडौँ / नेपाल टेलिकम को प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध हुने भएको छ। कम्पनीले ती देशका ८९ सेवा प्रदायकसँग सम्झौता विस्तार गरेसँगै यो सुविधा थप देशहरूमा पुगेको हो।

    चालु आर्थिक वर्षको साउन महिनापछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, घाना, रोमानिया र लाओस का विभिन्न सेवा प्रदायकसँग नयाँ सम्झौता गरिएको छ। साथै पाकिस्तान, बेलारुस र श्रीलंका मा थप सेवा प्रदायकसँग सहकार्य विस्तार गरिएको छ।

    नेपाल टेलिकमले यसअघि नै अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, चीन, भारत, जापान, कतार, यूएई, युके र अमेरिका लगायतका देशहरूमा पनि रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ।

    रोमिङ सेवामार्फत प्रयोगकर्ताले विदेशमा समेत भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्। आगामी दिनमा थप देशहरूमा पनि यो सेवा विस्तार गरिने कम्पनीले जनाएको छ।

    विदेश जाने वा बस्ने नेपालीहरूका लागि नेपाल टेलिकमको रोमिङ सेवा अत्यन्त उपयोगी मानिन्छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि भारतबाहेक अन्य देशहरूमा रोमिङ सेवा स्वतः सुचारु हुने व्यवस्था गरिएको छ भने भारतका लागि भने 14157# डायल गरी ‘Roaming’ विकल्प चयन गर्नुपर्ने हुन्छ।

    पोस्टपेड प्रयोगकर्ताका हकमा सेवा सुचारु गर्न कम्तिमा ५ हजार रुपैयाँ ब्यालेन्स आवश्यक पर्नेछ। नेपालमै रहँदा 14157# डायल गरी सेवा एक्टिभ गर्न सकिन्छ।

    यदि प्रयोगकर्ताले नेपालमा हुँदा सेवा सक्रिय नगरी विदेश पुगेमा इमेलमार्फत पनि रोमिङ सेवा सक्रिय गर्न सकिने व्यवस्था रहेको छ। यसका लागि नेपाल टेलिकमको आधिकारिक वेबसाइटबाट फारम डाउनलोड गरी आवश्यक कागजातसहित सम्बन्धित इमेलमा पठाउनुपर्ने हुन्छ।

    सामान्यतया रोमिङ सेवा सक्रिय भएपछि मोबाइल स्वतः विदेशी नेटवर्कमा कनेक्ट हुने भए पनि भारत मा भने म्यानुअल रूपमा नेटवर्क चयन गर्नुपर्ने व्यवस्था रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend