२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिटिजन्स बैंकको वार्षिकोत्सवमा नवौँ इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न


सञ्चार डबली
  • आइतबार, चैत १ २०८२
  • 3.5K
    SHARES

  • images
    सिटिजन्स बैंकको वार्षिकोत्सवमा नवौँ इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।

    फागुन २९ गते शुक्रबारदेखि फागुन ३० गते शनिबारसम्म काठमाडौँमा आयोजित दुईदिने प्रतियोगितामा व्यवस्थापन समूहअन्तर्गत ८ टिमका गरी बैंकका विभिन्न विभाग तथा शाखाका ८४ जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पाेखरेलले यस्ता गतिविधिले संस्थाको संस्थागत संस्कारलाई मजबुत बनाउनुका साथै सुशासन र प्रणालीगत अनुशासनप्रतिको प्रतिबद्धता झल्काउने बताए । 

    उनले यस्ता कार्यक्रमले कर्मचारीबीच अनुशासन, आपसी सहकार्य तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    प्रतियोगिताको समापनसँगै विजेता टिमलाई प्रमुख कार्यकारी अधिकृत पोखरेलले पुरस्कार वितरण गरेका थिए । 

    बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत कर्मचारीहरूबीच आपसी सहकार्य, सकारात्मक ऊर्जा तथा संस्थागत एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

    यसैबीच बैंकले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ उपाधि प्राप्त गर्न सफल भएको छ। साथै फाेनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।

    हालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरहरूलाई लक्षित ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ सञ्चालनमा ल्याएको छ। साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा र क्रस बैंक टेलर सेवा पनि सुरु गरेको छ, जसअन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

    हाल सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ९७ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend