२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडाको नवनिर्वाचित अध्यक्ष उप्रेतीद्वारा पद तथा गोपनीयताको सपथ, करण चौधरीबाट पदभार हस्तान्तरण


सञ्चार डबली
  • शुक्रबार, फागुन २९ २०८२
  • 2.5K
    SHARES

  • images
    नाडाको नवनिर्वाचित अध्यक्ष उप्रेतीद्वारा पद तथा गोपनीयताको सपथ, करण चौधरीबाट पदभार हस्तान्तरण

    काठमाडौँ / नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

    बुधबार बसेको नाडाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले उप्रेतीलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरेका हुन्।

    पदभार हस्तान्तरणका क्रममा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

    सपथ ग्रहणपछि अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य–मान्यताअनुसार संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। उनले अटोमोबाइल व्यवसायीहरूको हकहित संरक्षण, क्षेत्रको समग्र विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताए।

    बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ (ङ) अनुसार महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरी लाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्। 

    उनले मनोनित सदस्यहरूलाई स्वागत गर्दै संस्थाका आगामी गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन्।

    यसैबीच नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय गरेको छ।

    नाडाले आगामी दिनमा अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend