२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला


सञ्चार डबली
  • बुधबार, फागुन २७ २०८२
  • 2.8K
    SHARES

  • images
    टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला

    काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ ।

    कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५।२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको हो । जसमध्ये १२ लाख कित्ता साधारण शेयर भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । यस्तै सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

    यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीयका लागि आवेदन छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म खुला रहनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend