२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कट्रिना कैफले टाइगर–३ मा सबैभन्दा महंगो पारिश्रमिक लिइन्


सञ्चार डबली
  • सोमबार, साउन ८ २०८०
  • 9.5K
    SHARES

  • images
    कट्रिना कैफले टाइगर–३ मा सबैभन्दा महंगो पारिश्रमिक लिइन्

     

    काठमाडौं, ८ साउन । कट्रिना कैफको अन्तिम ब्लकबस्टर फिल्म टाइगर जिन्दा हे २०१७ मा आएको थियो । तर, त्यसपछि उनको करियरले गति लियो ।गत २०२१ मा अक्षय कुमारसँग कट्रिनालाई रुचाईएको थियो तर उनका अघिल्ला पाँचमध्ये चार फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेनन्। यति हुँदाहुँदै पनि टाइगर ३ मा क्याट्रिनाको पारिश्रमिक देखेर तपाई छक्क पर्नुहुनेछ ।

    यो फिल्मबाट कटरिना पुरै विश्वस्त पनि छिन् । उनले ४० वर्षको उमेर पार गरिसकेकी छिन् र उनको करियरको अधिकांश हिस्सा खान जस्ता स्टारहरु वा ठूला स्टारका फिल्महरूमा काम गरेकी छिन । जबकि बलिउडका ठूला स्टारहरू नयाँ र कम उमेरका नायिकाहरुसँग काम गर्ने गरेको रेकर्ड छ । तर, पनि ४० पुग्दा पनि उनी स्टारहरुसँगै नै काम गरिरहेकी छिन् ।

    दिपावालीमा रिलिज हुन लागेको टाइगर ३ को दर्शकले प्रतिक्षा गरिरहेका छन् । फिल्ममा सलमान खान छन् र उनका यस अघिका धेरै फिल्म फ्लप थिए, अब उनको आशा पनि यही फिल्ममा टिकेको छ । निर्देशक मनीष शर्माको फिल्ममा कट्रिनाले पाकिस्तानी एजेन्ट जोयाको भूमिका निभाएकी थिइन । टाइगर सिरिजको यो तेस्रो फिल्म हो ।

    स्टार पावर र टाइगर फ्रेन्चाइजका अघिल्ला दुई किस्ताको शानदार सफलताका कारण फिल्म व्यापारले पनि यसलाई आशावादी आँखाले हेरिरहेको छ । स्टारका लागि पछिल्लो तीन वर्ष राम्रो रहेन । यस्तो अवस्थामा तमार स्टारहरुले कम फिमा पनि फिल्ममा काम गर्नुपर्ने माग उठेको छ ।

    कट्रिना कैफले यहाँ कम काम गरे पनि टाइगर ३ ले एक्सन प्याक भूमिकामा छाप छोड्ने विज्ञहरुको विश्वास छ । फिल्मलाई यशराज फिल्म्सले निर्माण गरेको हो । कट्रिनाको पारिश्रमिकको आधिकारिक जानकारी नदिईए पनि आईएमडीबीको रिपोर्ट अनुसार उनले टाइगरका प्रत्येक परियोजनावाट १५ करोड देखि २१ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको जनाईएको छ ।

    त्यसैले टाइगर ३ को लागि उनले आफुले तोकेको शुल्क नै लिएको विज्ञहरु बताउँछन् । उनले सबैभन्दा महंगो पारिश्रमिक लिएको मिडिया रिर्पोटमा उल्लेख छ । टाइगर ३ नोभेम्बर १० मा दीपावलीको अवसरमा हलमा रिलिज हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend