२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सामसुङकाे ग्यालेक्सी एस२६ सिरिज : सहज र बुद्धिमान ग्यालेक्सी एआई फोन भएकाे कम्पनीकाे दाबी


सञ्चार डबली
  • शुक्रबार, फागुन १५ २०८२
  • 4.2K
    SHARES

  • सामसुङकाे ग्यालेक्सी एस२६ सिरिज : सहज र बुद्धिमान ग्यालेक्सी एआई फोन भएकाे कम्पनीकाे दाबी

    काठमाडौँ / सामसुङले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज ग्यालेक्सी एस२६ सिरिज सार्वजनिक गरेको घोषणा गरेको छ। कम्पनीका अनुसार यो सिरिज अहिलेसम्मकै सबैभन्दा सहज र बुद्धिमान ग्यालेक्सी एआई अनुभव दिने फोनका रूपमा ल्याइएको हो।

    नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित यस सिरिजले प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने, व्यक्तिगत र स्मार्ट मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। नयाँ पुस्ताको ग्यालेक्सी एआईले स्मार्ट अन्तरक्रिया, उन्नत उत्पादकता र सहज सिर्जनशीलतालाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ।

    सिरिजमा समावेश एआई–आधारित क्यामेरा प्रणालीले जुनसुकै वातावरणमा पनि स्पष्ट र आकर्षक फोटो तथा भिडियो खिच्न सक्ने क्षमता प्रदान गर्ने बताइएको छ। साथै, अनुकूलित प्रदर्शन र ऊर्जा दक्षताले दैनिक प्रयोगलाई थप सहज बनाउने कम्पनीको दाबी छ।

    डिजाइन र प्रदर्शनतर्फ पनि नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरिएको छ। प्रिमियम बनावट, उन्नत प्रोसेसिङ क्षमता र एआई–आधारित ब्याट्री अप्टिमाइजेसनसहितको यस सिरिजले मल्टिटास्किङ, मनोरञ्जन र दिनभरको भरपर्दो प्रयोग सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

    यस अवसरमा सामसङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी एस२६ सिरिज मार्फत हामी प्रयोगकर्तालाई वास्तवमै बुझ्ने उपकरण प्रस्तुत गर्दैछौँ। ग्यालेक्सी एआइले स्वाभाविक र सहज अनुभव दिने बुद्धिमत्ता प्रदान गर्छ, जसले नेपाली उपभोक्ताको दैनिक जीवन, सिर्जनशीलता र उत्पादकतालाई अझ उन्नत बनाउनेछ।”

    औपचारिक सार्वजनिक लन्चअघि सामसुङ नेपाल ले ‘ह्याण्ड राइजर अफर’ सञ्चालन गरेको थियो। यसअन्तर्गत ग्राहकहरूले पूर्व–दर्ता गरी विशेष लाभ लिन पाएका थिए। कम्पनीका अनुसार ग्राहकहरूले अग्रिम रिजर्भेसन, आकर्षक एक्सचेन्ज सुविधा, २४ महिनासम्मको सहज ईएमआई विकल्प तथा विभिन्न उपहारहरू प्राप्त गर्ने अवसर पाएका छन्।

    ग्यालेक्सी एस२६ सिरिज देशभरका अधिकृत सामसुङ स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै, हुलास फिनसर्भ प्रा.लि.मार्फत इन्ष्टा फाइनान्स प्रयोग गरी सहज ईएमआई सुविधामा पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend