२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्बन्धी जानकारी अनलाइन पोर्टलमा


सञ्चार डबली
  • बिहीबार , फागुन १४ २०८२
  • 3.1K
    SHARES

  • images
    एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्बन्धी जानकारी अनलाइन पोर्टलमा

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउन विशेष अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

    बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत लोकेशन पहिचान गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकहरूले लिलामसम्बन्धी प्रकाशित सूचनामा रहेको क्युआर कोड स्क्यान गरी https://auctionassistance.nicasiabank.com मा प्रवेश गरेर सम्पूर्ण विवरण हेर्न सक्नेछन्।

    खरिद गर्न इच्छुक व्यक्तिहरूले आफूले चाहेको सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सन्देश पठाउन सक्ने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ।

    बैंकका अनुसार उक्त पोर्टलमा नियमित रूपमा बैंकिङ, गैर–बैंकिङ तथा धितो सुरक्षणमा रहेका लिलाम बिक्रीसम्बन्धी सम्पत्ति र अन्य सूचना प्रकाशन गरिनेछ। यसबाट ग्राहकहरूले घरमै बसेर बिक्रीमा रहेका सम्पत्तिको विस्तृत जानकारी प्राप्त गरी लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend