२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फागुन २७ देखि आइपिओ जारी गर्दै टक्सार पिखुवा खोला हाइड्रोपावर


सञ्चार डबली
  • बिहीबार , फागुन १४ २०८२
  • 2.9K
    SHARES

  • images
    फागुन २७ देखि आइपिओ जारी गर्दै टक्सार पिखुवा खोला हाइड्रोपावर

     

    काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले फागुन २७ गतेदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित भोजपुरका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी पहिलो चरणमा सेयर जारी गर्न लागेको हो।

    कम्पनीले नेपाल धितोपत्र बोर्ड बाट जारी पूँजीको ३५।२६५ अर्थात ४२ करोड ३० लाख रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन अनुमति पाएको छ।

    जसमध्ये १२ लाख कित्ता प्रभावित क्षेत्रका बासिन्दा, ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष र ६० हजार ६१३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी २५ लाख १५ हजार ४५५ कित्ता सेयर सर्वसाधारणलाई दोस्रो चरणमा बिक्री गरिनेछ।

    प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रभावित क्षेत्रका लागि आवेदन चैत ११ ९ढिलोमा चैत २६० सम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत १ ढिलोमा चैत ११ सम्म खुला रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend