२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनआईसी एशिया बैंकका ग्राहकले अपोलो हस्पिटलमा उपचार गर्दा १०% सम्म छुट पाउने


सञ्चार डबली
  • मंगलबार, फागुन १२ २०८२
  • 3.6K
    SHARES

  • images
    एनआईसी एशिया बैंकका ग्राहकले अपोलो हस्पिटलमा उपचार गर्दा १०% सम्म छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारत बीच यस बैंकका ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरे ।

    यस बैंकका ग्राहक महानुभावहरुले  ln-patient room charge, preventive health check packages / Attendees health checkup सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने छन् र Outpatient investigation मा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ ।

    साथै, Complimentary registration fees, Access to international patient lounge  जस्ता सुविधाहरु समेत उपलब्ध हुनेछन् । यसैगरी, काठमाडौं स्थित अपोलो इन्फर्मेसन सेन्टर मार्फत Appointment लिने बैंकका ग्राहक महानुभावहरुलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटलरहस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ ।

    उक्त सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend