२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मिस्टर नेपाल–२०२३ को उपाधि समर्पण कार्कीले जिते


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 8.6K
    SHARES

  • images
    मिस्टर नेपाल–२०२३ को उपाधि समर्पण कार्कीले जिते

     

    काठमाडौं, ७ साउन । मिस्टर नेपाल–२०२३ को उपाधि समर्पण कार्कीले जितेका छन् । शनिवार अवेर सम्पन्न फिनालेमा मोरङका समर्पण कार्की मिस्टर नेपाल २०२३ बने । उनी संगै काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका क्रिषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए ।

    नेक्स्ट मोडल नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १० विधामा सबटाइटलका विजेता समेत घोषणा गरिएको छ । शीर्ष उपाधि जितेका कार्कीले मिस्टर इन्टलेक्चुअल सबटाइटल समेत हात पारे। मिस्टर पर्सनालिटी निमेष कपाली, मिस्टर एक्टिभ प्रेमकुमार यादव, मिस्टर ट्यालेन्ट कृषल श्रेष्ठ, मस्टर पपुलर रामनाथ गिरी, पब्लिक च्वाइस विजय दुवाडी, बेस्ट हेयर राजीव तिवारी, मस्ट फोटोजेनिक असिम लामिछाने, बेस्ट स्किन मिराज कार्की, मेन्स च्वाइस लोकेश प्राधान घोषित भए ।

    विजेताले पाँच लाख राशीको पुरस्कार पाएका छन् । उक्त फिनालेमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री आँचल शर्मा, आयुष्मान घिमिरे, विश्वकरण जैन, लु लीन, मनिष डंगोल श्रेष्ठ, राजभाइ सुवाल र शैलजा अधिकारी लगाएतले निर्णायकको भूमिकामा प्रतिस्पर्धी छनोट गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend