२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता


सञ्चार डबली
  • मंगलबार, माघ २७ २०८२
  • 4.1K
    SHARES

  • images
    कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता


    काठमाडौं । नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको व्यवसायी प्रतिनिधिमण्डल काठमाडौं आएको छ ।

    प्रतिनिधिमण्डलको नेतृत्व बोर्ड सदस्य मोहद अहमद एम। ए अलोबैद्लीले गरेका छन् । प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलसँग भेटघाट गरी दुई देशबीचको आर्थिक सम्बन्ध, बैंकिङ प्रणालीमा सहकार्य, लगानी प्रवद्र्धनका सम्भावना र द्विपक्षीय लगानी तथा बैंकिङ सहकार्यका विविध विषयमा विस्तृत छलफल गरेको छ ।

    नेपाल–कतार बीचको व्यापारिक र लगानी साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा प्रतिनिधिमण्डल काठमाडौँ आएको हो । महासंघका अध्यक्ष चन्द्र ढकालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै, छलफलले दुवै देशबीचको आर्थिक सहकार्यमा नयाँ अवसर थप्ने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend