२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

डिजिटल पूर्वाधार प्रवद्र्धनका लागि विश्व बैंकले नेपाललाई ५ करोड डलर दिने


सञ्चार डबली
  • मंगलबार, माघ २७ २०८२
  • 3.8K
    SHARES

  • images
    डिजिटल पूर्वाधार प्रवद्र्धनका लागि विश्व बैंकले नेपाललाई ५ करोड डलर दिने

    काठमाडौं । नेपालको डिजिटल पूर्वाधार प्रवद्र्धनका लागि विश्व बैंकले नेपाललाई ५ करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएको छ ।

    विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले आज नेपालको डिजिटल सार्वजनिक पूर्वाधारलाई प्रवर्द्धन गर्न र सार्वजनिक सेवाहरूलाई डिजिटलाइज गर्न ५ करोड डलरको वित्तपोषण अनुमोदन गरेको हो । जसले जनसेवालाई प्रविधिमैत्री र सहज बनाउने अपेक्षा गरिएको छ ।

    नेपाल डिजिटल रूपान्तरण परियोजनाले एकीकृत अनलाइन नागरिक सेवा पोर्टल र एकीकृत सामाजिक रजिस्ट्रेसन सुरक्षित सरकारी–व्यापी डेटा आदानप्रदान र प्रमाणित प्रमाणहरू र डिजिटल वालेट व्यवस्थापन गर्न सहयोग गर्नेछ । डिजिटल लकरसहित डिजिटल प्लेटफर्महरूमा यस परियोजनाले काम गर्नेछ ।

    परियोजनाले भूमि प्रशासन लगायत उच्च प्रभावकारी सेवाहरूलाई डिजिटलाइज गर्न पनि मद्दत गर्नेछ भने चरणवद्ध रुपमा थप सेवाहरु विस्तार गरिने बताइएको छ । परियोजनाले कानूनी र नियामक ढाँचाहरू सुधार गरेर डेटा पूर्वाधार बजारमा निजी क्षेत्रको लगानी बढाउने लक्ष्य राखेको छ। डिजिटल अर्थतन्त्रमा विश्वास प्रवर्द्धन गर्न परियोजनाले इलेक्ट्रोनिक हस्ताक्षर, साइबर सुरक्षा र डेटा प्रशासनमा लगानी गर्नेछ।

    ‘मुख्य डिजिटल प्लेटफर्महरूमा लगानी गरेर सेवाहरूलाई डिजिटलाइज गर्ने यो परियोजनाले समावेशी र पारदर्शी तरिकाले मानिसहरू र व्यवसायहरूलाई परिष्कृत सेवाहरू प्रदान गर्न मद्दत गर्नेछ, जसले गर्दा सेवा वितरण, सार्वजनिक क्षेत्रको दक्षता र सुशासनमा सुधार हुनेछ’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक डिभिजन निर्देशक डेभिड सिस्लेनले भने ।

    यो परियोजनालाई विश्व बैंक र एसियाली विकास बैंकबीचको पूर्ण पारस्परिक रिलायन्स फ्रेमवर्क अन्तर्गत संयुक्त सह–वित्तपोषण व्यवस्था अन्तर्गत वित्त पोषित गर्नेछ । विश्व बैंक प्रमुख ऋणदाता हो । सम्झौता अनुसार यो परियोजना सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय परिचयपत्र तथा नागरिक पञ्जीकरण विभागले कार्यान्वयन गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend