२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सुनको मूल्य ९०० रुपैयाँले वृद्धि


सञ्चार डबली
  • मंगलबार, माघ २७ २०८२
  • 3.9K
    SHARES

  • images
    सुनको मूल्य ९०० रुपैयाँले वृद्धि

    काठमाडौं ।  मंगलबार नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो कारोबार दिन आज सुनको मूल्य ९ सय रुपैयाँले बढेर एक तोला सुनको भाउ ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    आइतबार ९ हजार ५०० रुपैयाँले बढेको सुन सोमबार ४ हजार १०० रुपैयाँले बढेको थियो ।सुनको मूल्य बढे पनि चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    सोमबार चाँदी ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी १० रुपैयाँले घटेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend