२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

वाणिज्य बैंकहरुको नाफा ३० अर्ब माथि – कस्ले कति कमाए ?


सञ्चार डबली
  • बिहीबार , माघ १५ २०८२
  • 3.2K
    SHARES

  • images
    वाणिज्य बैंकहरुको नाफा ३० अर्ब माथि – कस्ले कति कमाए ?

    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)०सम्म वाणिज्य बैंकहरुले ३० अर्ब माथि नाफा कमाएका छन्। बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुससम्मको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुको नाफा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ देखिएको हो। अघिल्लो वर्ष २०८१/८२ को पुससम्म वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ११.५१ प्रतिशतले घटेको छ।

    तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अग्रस्थानमा रहेको छ।

    समीक्षा अवधिसम्म नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा ४६.७१ प्रतिशतले बढेको छ।

    यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएम बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ६।५० प्रतिशतले बढेको छ।

    तेस्रो धेरै नाफा कमाउनेमा कुमारी बैंक रहेको छ। बैंकले समीक्षा अवधिसम्म २ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ८८६.५० प्रतिशतले बढेको छ।

    त्यस्तै समीक्षा अवधिसम्म एभरेष्ट बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ४ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म एभरेष्टले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ प्राइमले १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा एभरेष्टको नाफा २।०४ प्रतिशत र प्राइमको ९.२७ प्रतिशतले बढेको छ।

    अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ। समीक्षा अवधिमा सिटजन्स बैंक घाटामा रहेको छ भने सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend