२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सानिमा बैंकका नवनियुक्त सिइओ आचार्यले गरे पदभार ग्रहण


सञ्चार डबली
  • सोमबार, माघ १२ २०८२
  • 3.7K
    SHARES

  • images
    सानिमा बैंकका नवनियुक्त सिइओ आचार्यले गरे पदभार ग्रहण

    काठमाडौँ । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले पदभार ग्रहण गरेका छन् । सिइओ आचार्यले माघ १२ गते पदभार ग्रहण गरेका हुन् ।

    सानिमा बैंकको सञ्चालक समितिको निर्णय अनुसार उनी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । २१ वर्षभन्दा बढी समय बैंकमा योगदान पुर्‍याउँदै आएका आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतबाट इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन् । 

    प्रमुख कार्यकारी अधिकृत हुनु अघि उनी बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत थिए । आचार्यले बैंकका दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गर्नुका साथै कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना वित्तमा विशेष अनुभव राख्छन् । 

    उनी सानिमा क्यापिटलका अध्यक्ष समेत रहेका छन्। बैंकले उनको नेतृत्वमा थप सफलता र प्रतिष्ठा हासिल हुने विश्वास व्यक्त गरेको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend