२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

गरिमा विकास बैंक र एक्यानबीच सम्झौता : चार्टर्ड एकाउण्टेण्टलाई आकर्षक कर्जा सुविधा


सञ्चार डबली
  • आइतबार, माघ ११ २०८२
  • 3.8K
    SHARES

  • images
    गरिमा विकास बैंक र एक्यानबीच सम्झौता : चार्टर्ड एकाउण्टेण्टलाई आकर्षक कर्जा सुविधा

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)मा आबद्ध चार्टर्ड एकाउण्टेन्ट सदस्यहरुलाई विभिन्न कर्जा सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न गरेको छ।

    सम्झौतापत्रमा बैंकतर्फ प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र एक्यानतर्फ अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका थिए ।

    सम्झौता अनुसार एक्यानमा आबद्ध सदस्यहरूले न्यूनतम आवश्यक कागजात पूरा गरेर रु. ७५ हजारदेखि रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्।

    साथै, आवश्यक प्रक्रिया पूरा गरेमा बिना धितो रु. १५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा पनि उपलब्ध हुनेछ। त्यसैगरी, बैंकले सदस्यहरुलाई आकर्षक ब्याजदरमा घर कर्जा र सवारी साधन कर्जा पनि उपलब्ध गराउनेछ।

    गरिमा विकास बैंक हाल ‘अब आफ्नै घर’ भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि घर कर्जा र ५.९९ प्रतिशतदेखि SME तथा व्यवसाय कर्जा प्रवाह गर्दै आएको छ।

    बैंकका अनुसार हाल देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा नविनतम डिजिटल बैंकिङ मार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend