२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सानिमा बैंकका ग्राहकहरुलाई बिगमार्टमा आकर्षक क्यासब्याक


सञ्चार डबली
  • बिहीबार , माघ ८ २०८२
  • 5.0K
    SHARES

  • images
    सानिमा बैंकका ग्राहकहरुलाई बिगमार्टमा आकर्षक क्यासब्याक

    काठमाण्डौ । सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरणको अपार सफलता पश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ ।

    उक्त योजनाअन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु २०० सम्मको क्यासब्याक पाउने व्यवस्था गरेको छ । यो योजना २०८३ साल असारसम्मका लागि लागू हुनेछ ।

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।  

     

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२८ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend