२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एनसेल-भाटभटेनीद्वारा टी-२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर


सञ्चार डबली
  • मंगलबार, माघ ६ २०८२
  • 3.3K
    SHARES

  • एनसेल-भाटभटेनीद्वारा टी-२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

    काठमाडौं। क्रिकेटप्रतिको उत्साहलाई ध्यानमा राख्दै एनसेल र भाटभटेनीले संयुक्त रुपमा विशेष अफर सार्वजनिक गरेका छन्। यस अफरमार्फत नेपालको आधिकारिक टी २० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्।

    यस अफरअन्तर्गत करसहित २९९ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुटको लागि कुपन प्राप्त गर्दछन्। यसरी प्राप्त हुने छुट कुपन नेपालका आधिकारिक टी २० क्रिकेट विश्वकप मर्चेन्डाइज खरिद गर्दा भाटभटेनीको अनलाइन स्टोरमा प्रयोग गर्न सकिन्छ। 

    यो अफरले क्रिकेट प्रेमीहरूलाई गर्वका साथ मर्चेन्डाइज प्रयोग गर्ने अवसर प्रदान गर्दै राष्ट्रिय क्रिकेट टोलीसँग भावनात्मक रूपमा झन् बढी जोड्ने अपेक्षा गरिएको छ। अफरअन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ।  

    यो अफर एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरहरूमार्फत उपलब्ध छ। जसले देशका हरेक कुनामा रहेका क्रिकेट प्रेमीलाई यस उत्सवमा सहभागी हुने अवसर प्रदान गरेको छ।

    एनसेल एपमार्फत सहभागी हुन ग्राहकले एप खोली टी २० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गर्न वा अफर अन्तर्गतका कुनै पनि प्याक चयन गरी खरिद प्रक्रिया पूरा गर्न सक्छन्। खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनीको लिङ्क भएको एसएमएस प्राप्त गर्छन्।

    त्यसपछि भाटभटेनीको लिङ्कमा क्लिक गरी ग्राहकले आफूलाई मन पर्ने मर्चेन्डाइज छनोट गर्न सक्छन् र चेक आउटका क्रममा प्रोमो कोड प्रयोग गरी छुटको लाभ लिन सक्छन्। अर्डरको पुष्टि भएपछि छनोट गरिएको मर्चेन्डाइज ग्राहकले रोजेको स्थानमा डेलिभरी गरिन्छ।

    यो अफर २०२६ मार्च ३१ अर्थात् २०८२ चैत १७ गते सम्म वा भाटभटेनी अनलाइन स्टोरमा अफरअन्तर्गतको मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागू हुनेछ। ग्राहकहरूले अफरका लागि आफू योग्य रहने कुनै पनि प्याकको प्रत्येक खरिदमा एक मात्र प्रोमो कोड अर्थात् कुपन प्राप्त गर्छन। 

    प्रोमो कोड साथीभाइ वा परिवारका सदस्यहरूलाई दिन पनि सकिन्छ। यद्यपि, यो नगदसँग साट्न वा अन्य अफरसँग जोडेर प्रयोग गर्न भने सकिने छैन।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend