२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सूर्यज्योति लाइफको ११ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • सोमबार, माघ ५ २०८२
  • 3.2K
    SHARES

  • सूर्यज्योति लाइफको ११ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सवा ११ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक समूहको ११ लाख २५ हजार ३४४ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    शेयर खरिदका लागि काठमाडौंको थापाथलीस्थित कम्पनीको सेयर रजिस्ट्रा एनआईसी एसिया क्यापिटलको कार्यालयमा निवेदन पेस गर्न सकिनेछ। निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ।

    तोकिएको अवधिसम्म विद्यमान संस्थापकबाट कुनै पनि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend