२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

तीन सहरमा एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’ हुने


सञ्चार डबली
  • शनिबार, माघ ३ २०८२
  • 3.8K
    SHARES

  • तीन सहरमा एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’ हुने

    काठमाडौं- एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ ।

    निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसर प्रदान गर्ने एनसेलले जनाएको छ ।

    यो वर्षको क्रिएटर्स मेला ३ माघ २०८२ देखि चितवनबाट सुरु हुँदैछ । त्यसपछि यो कार्यक्रम १० माघमा नेपालगञ्ज तथा १६ र १७ माघमा काठमाडौंमा आयोजना हुनेछ ।

    सन् २०२३ मा सुरु भएदेखि नै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ । कार्यक्रमले नेपाली युवालाई कन्टेन्ट क्रिएसन मार्फत सशक्त बनाउने अनि डिजिटल नेपालको उद्देश्यमा टेवा पुर्‍याउने लक्ष्य आत्मसाथ गर्दै आएको छ ।

    ‘भिजन टु भेन्चर’ नारा रहेको यो वर्षको कन्टेन्ट क्रिएटर्स मेला सहभागीका योजनालाई कार्यान्वयनयोग्य सिप तथा वास्तविक अवसरमा बदल्नेमा केन्द्रित हुने कम्पनीको भनाइ छ ।

    ‘क्रिएटर्स मेलाका लागि अमेरिकी दूतावाससँग निरन्तर सहकार्य गर्न पाउँदा हामी खुसी छौं, क्रिएटर्स मेलाले उदीयमान तथा स्थापित क्रिएटरलाई डिजिटल कन्टेन्टको युगमा सबैभन्दा महत्त्वपूर्ण अनि प्रभावशाली सामग्री सिर्जना गर्न आफ्नो सिप तिखार्ने अवसर प्रदान गर्ने छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले भनिन् ।

    विद्यार्थी अनि अझै सिक्ने चरणमै रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरलाई आफ्ना सामाग्री थप परिष्कृत गर्न, विश्वसनीय बनाउन अनि दिगो तथा रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्ने बताइएको छ ।

    त्यसैगरी नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेलाले सिर्जनात्मक क्रियाकलाप मार्फत नेपालको अर्थतन्त्र सुदृढ गर्न सहयोग पुर्‍याउन अमेरिकाको प्रतिबद्धता झल्काउने बताएका छन् ।

    ‘देशभरि ज्ञान, सिप र सञ्जाल विस्तार गरेर हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रवर्द्धन गरिरहेका छौं, हामीले नेपाली क्रिएटरलाई उनीहरूको प्रभाव स्थानीयस्तरमा मात्रै सीमित नगरी अमेरिकी व्यावसायिक साझेदार तथा विश्व बजारमा समेत सफलता प्राप्त गर्न सक्ने गरी तयार पार्ने छौं जसले गहिरो आर्थिक सम्बन्ध र साझा समृद्धिलाई प्रोत्साहन गर्छ,’ उनले थपे ।

    एनसेल भिडियो प्रतिस्पर्धा

    क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ जस अनुरूप मेलाका सहभागीलाई इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडियो अपलोड गर्न प्रोत्साहन गरिएको छ । क्रिएटरले  ‘एनसेल फोरजीले तपाईंको जीवन कसरी सजिलो बनाउँछ ?’ भन्ने विषयमा केन्द्रित रहेर भिडियो तयार पार्नुपर्ने छ ।

    प्रतिस्पर्धीले उक्त भिडियोमा एनसेललाई ट्याग गरेर ह्यासट्याग ३ऋचभबतभन्बचबएयकतन्बचब अनि आफू सहभागी सहरलाई पनि ह्यासट्याग गरी भिडियो अपलोड गर्नुपर्ने छ ।

    मेलाबीच प्रत्येक सहरमा एक जना विजेता छनोट गरिने छ र उनीहरूले नगद पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    त्यसबाहेक विजयी प्रतिस्पर्धीले आगामी दिनमा एनसेल फाउन्डेसनका विभिन्न क्रियाकलापमा सहभागी हुने अवसर पनि प्राप्त गर्नेछन् ।

    सन् २०२३ मा सुरु भएदेखि यो कार्यक्रममा हालसम्म ५ हजारभन्दा बढी क्रिएटर संलग्न भइसकेका छन् ।

    यो कार्यक्रमले देशका विभिन्न क्षेत्रका क्रिएटरलाई एकै ठाउँ ल्याएर व्यावसायिक ढंगबाट काम गरिरहेका व्यक्तिबाट सिक्ने, उस्तै प्रकृतिका काम गरिरहेका समकक्षीसँग जोडिने र कन्टेन्ट क्रिएसनलाई व्यावसायिक बनाउन उद्धत विशेषज्ञसँग अन्तर्क्रिया गर्ने अवसर प्रदान गर्ने छ ।

    मेलामा विभिन्न सत्र हुनेछन् । कुनै विषय वा व्यक्तिमा केन्द्रित ‘स्पट लाइट’ सत्रदेखि प्यानल छलफल अनि विभिन्न विषयवस्तुमा गम्भीर विमर्श क्रिएटर्स मेलामा हुनेछ ।

    कार्यक्रममा स्थापित कन्टेन्ट क्रिएटरको यात्रालाई विभिन्न कोणबाट विश्लेषण पनि गरिने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend