२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आयल निगमले कमायो १३ अर्ब ६७ करोड खुद नाफा


सञ्चार डबली
  • सोमबार, पुस २८ २०८२
  • 3.3K
    SHARES

  • आयल निगमले कमायो १३ अर्ब ६७ करोड खुद नाफा

    काठमाडौं- नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१र८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । 

    निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक तथ्यांक अनुसार निगमले गत आवमा ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको थियो । उक्त अवधिमा १३ अर्ब ६७ करोड रुपैयाँ बराबर खुद नाफा गरेको छ । निगमले १ खर्ब २४ अर्ब रुपैयाँ बराबर राजस्व योगदान गरेको छ ।

    कार्यकारी निर्देशक डा.भट्टका अनुसार निगमको वित्तीय सुधारको मुख्य आधार २०७१ सालदेखि लागू गरिएको स्वचालित मूल्य समायोजन प्रणाली हो । यही प्रणालीका कारण निगम घाटाबाट बाहिर निस्कँदै दिगो नाफाको अवस्थामा पुगेको उनले बताए । साथै, पूर्वाधार विस्तारले ढुवानी लागत घट्नुका साथै व्यवस्थापनलाई थप प्रभावकारी बनाएको उनको भनाइ छ ।

    पछिल्ला वर्षमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, अमलेखगञ्जमा ठूलो क्षमताको भण्डारण गृह र पोखरामा हवाई इन्धन भण्डारण केन्द्र सञ्चालनमा आएपछि इन्धन आपूर्ति सहज बनेको निगमको दाबी छ । प्रविधितर्फ ‘फ्लो मिटर’ र ईआरपी प्रणाली लागू गरेर चोरी, चुहावट नियन्त्रण तथा कारोबारमा पारदर्शिता बढाइएको जनाइएको छ । यसले उपभोक्तालाई सस्तो इन्धन उपलब्ध गराउन सहयोग पुगेको निगमको भनाइ छ ।

    आगामी दिनमा निगमले परम्परागत इन्धन व्यापारसँगै क्लिन इनर्जी र व्यवसायिक विविधीकरणमा जोड दिने योजना अघि सारेको छ । पेट्रोलमा इथानोल मिश्रण, हरित हाइड्रोजनको व्यावसायीकरण, नयाँ पाइपलाइन र डिपो निर्माण, दुर्गम क्षेत्रमा पेट्रोल पम्प विस्तार तथा संस्थालाई पब्लिक लिमिटेडमा लैजाने विषय अध्ययनको चरणमा रहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend