२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन


सञ्चार डबली
  • बिहीबार , पुस २४ २०८२
  • 2.2K
    SHARES

  • आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडको ५६औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित रक्तदान कार्यक्रममा १६७ प्रिन्ट रगत सङ्कलन भएको छ ।

    निगमको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित रक्तदानमा निगमका कर्मचारी, कर्मचारीका परिवार, अन्य कार्यालयका कर्मचारीले रक्तदान गरेको छन् । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् ।

    निगमले प्रत्येक वार्षिकोत्सवको पूर्वसन्ध्यमा यसप्रकारको रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । निगमको ५५औँ वार्षिकोत्सवका अवसरमा गत वर्ष १४७ प्रिन्ट रगत सङ्कलन भएको थियो ।

    रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै निगम सञ्चालक समितिका अध्यक्ष डा रामप्रसाद घिमिरे रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रम निरन्तरतामा जोड दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend