२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेशनल लाइफले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने


सञ्चार डबली
  • मंगलबार, पुस ८ २०८२
  • 4.8K
    SHARES

  • images
    नेशनल लाइफले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

    काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न ३८ औं वार्षिक साधारणसभा बोलाएको छ।

    सभा पुस ३० गते केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लगानीसम्बन्धि व्यवस्था थप परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend