२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गायिका मिलन नेवारको 'एक कदम'मा स्मारिका र प्राञ्जलको अभिनय


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 9.5K
    SHARES

  • images
    गायिका मिलन नेवारको 'एक कदम'मा स्मारिका र प्राञ्जलको अभिनय

     

    काठमाडौं, १ साउन । गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको एक कदम बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द, संगीतकार येदिन गजमेरको संगीत रहेको सार्वजनिक गीतमा गायक अनुप र गायिका मिलन गज्जबसँग खुलेका छन् ।

    विगत २ दशकदेखि गीतको संगीतको क्षेत्रमा सक्रिय गायक अनुपले डेढ वर्षको अन्तरालमा सार्वजनिक गरेको एक कदममा पछिल्लो समयकी चर्चित मोडल स्मारिका ढकाल र मोडल प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ ।

    एक कदम एक रोमान्टिक प्रेमी जोडीको सफल कथा भएको र भिडियोले प्रेमी प्रेमिका चोखो मायामा डुब्दा कुन हदसम्म जान सक्छन् भनेर देखाउन खोजीएको छ । गहिरो प्रेममा डुबेको यो जोडीको रोमान्टिक कथालाई भिडियोमा निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा देखाएका छन् ।

    रुपम सिंह गुरुङको एरेन्ज रहेको सार्वजनिक गीतको छायांकन मान कृष्ण मर्हजनले गरेका हुन् भने भिडियोको सम्पादन बान्दे प्रसादले गरेका हुन् । भिडियोको कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन् भने गीतको रेकडिङ गुञ्जन रेकडिङ स्टुडियो अनामनगष्रमा भएको हो । प्रकाश न्यौपानले निर्माण गरेको भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

    भिडियाे लिंक : https://youtu.be/fwucIdPF2lk

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend