२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

घट्यो शेयर बजार, काराेबार भने ७ अर्ब माथि


सञ्चार डबली
  • आइतबार, मंसिर १४ २०८२
  • 3.5K
    SHARES

  • घट्यो शेयर बजार, काराेबार भने ७ अर्ब माथि

    काठमाडौं । साताको पहिलो कारोबारको आइतबार दिन शेयर बजार अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २,६४९ को विन्दुमा कायम भएको छ । 

    आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोडको शेयर कारोबार भएको छ । 

    बैंकिङ १.०८, विकास बैंक १.०९, फाइनान्स ०.८३, होटल तथा पर्यटन ०.२९, हाइड्रोपावर १.३१, लगानी १.४८, जीवन बीमा १.२० प्रतिशत घटेको छ । त्यसैगरी माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा ०.६९, अन्य १.०४ र व्यापार ०.५१ प्रतिशत घटेको छ ।

    चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक छन् ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको २३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ग्रिन भेञ्चरको २१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    14.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend