२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाल प्रिमियर लिगः आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै


सञ्चार डबली
  • सोमबार, मंसिर ८ २०८२
  • 3.5K
    SHARES

  • नेपाल प्रिमियर लिगः आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै


    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । सोमबार त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः ४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स भिड्दै छन् भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

    जनकपुर बोल्ट्स र विराटनगर किंग्स गत संस्करणमा उद्घाटन खेल खेलेका थिए जसमा विराटनगरसँग जनकपुर ८ विकेटले विजयी भएको थियो ।

    दुई ÷दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन्। हालसम्म जनकपुरले एक खेल मात्र खेलेको छ ।

    कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ । हालसम्म ८ खेल सम्पन्न भएका छन् जसमा जनकपुरले १ खेल खेल्दा काठमाडौं गोर्खाजले ३ खेल खेलेको छ भने बाँकी सबै टिमले २–२ खेल खेलेका छन् ।

    २ खेलमा १ जित र १ हारको नतिजासहित कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् । जनकपुर बोल्ट्स भने सातौं स्थानमा रहँदा २ खेलमा पराजित भएको पोखरा एभेन्जर्स आठौं स्थानमा छ ।

    एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend