२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चितवनमा “Road To IPO & Credit Rating” कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • आइतबार, मंसिर ७ २०८२
  • 4.4K
    SHARES

  • images
    चितवनमा “Road To IPO & Credit Rating”  कार्यक्रम सम्पन्न

    काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating” कार्यक्रम सम्पन्न भएको छ।

    मंसिर ५ गते Neplease Young Entrepeneurs Forum(NYEF) को आयोजनामा “Road To IPO & Credit Rating” सम्पन्न भएको हो । उद्यमी व्यवसायीहरूलाई सेयर निष्कासन (आईपीओ) प्रक्रिया तथा क्रेडिट रेटिङबारे मार्गदर्शन दिने उद्देश्यका साथै सर्वसाधारणहरूमा वित्तीय साक्षरता अभिवृद्धि गने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

    NYEF चितवनका अध्यक्ष तथा F.C.A. निशान पौडेलले अतिथिहरूलाई स्वागत गरेका थिए । उनले नयाँ उद्यमीका लागि क्षमता अभिवृद्धि कार्यक्रमको महत्व माथि प्रकाश पारेका थिए ।

    एनआईएमबी एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुँगानाले आईपीओका लागि रणनीतिक योजना सम्बन्धी महत्वपूण वर्कशप(Workshop) सञ्चालन गरेका थिए ।

    कम्पनीहरूले आईपीओका लागि कसरी तयारी गर्ने, सूचीकरणका लागि उचित योजना किन आवश्यक पर्छ, नेपालको वर्तमान आईपीओ बजार अवस्था र उद्यमीहरूले प्रायः गर्ने सामान्य गल्तीहरूबारे विस्तृत जानकारी गराएका थिए ।

    पायोनियर ल फर्मका व्यवस्थापकीय साझेदार अनुपराज उप्रेतीले सार्वजनिक निष्कासनका लागि कानुनी पक्षहरूको विस्तारमा प्रकाश पारे । सार्वजनिक निष्कासनतर्फ अघि बढ्दा कम्पनीहरूले बुझ्नैपर्ने प्रमुख कानुनी प्रावधान, नियामकीय प्रक्रिया र अनिवार्य अनुपालनाका उपायहरूबारे स्पष्ट पारे ।

    यसैगरी, केयर एज रेटिङस् नेपालका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झाले क्रेडिट रेटिङको दृष्टिकोणबारे आफ्नो प्रस्तुती दिएका थिए । कम्पनीको वित्तीय सबलता र सुशासन अभ्यासले क्रेडिट रेटिङमा कसरी ठूलो प्रभाव पर्छ र लगानीकर्ताको विश्वास तथा बजार धारणाबारे धारणा राखेका थिए ।

    चितवनका उद्यमीहरूले यस कार्यक्रमबाट लाभ लिएको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend