२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘परान’ को कर्पोरेट शो मा थपियो अग्नि ग्रुप: चलचित्र चौथोसातामा


सञ्चार डबली
  • शुक्रबार, मंसिर ५ २०८२
  • 7.5K
    SHARES

  • images
    ‘परान’ को कर्पोरेट शो मा थपियो अग्नि ग्रुप: चलचित्र चौथोसातामा

    काठमाडौं । तपाईँले ‘परान’ चलचित्र हेर्नुभयो ? कति पटक अनि को सँग हेर्न जानुभयो ? पक्कै पनि तपाईँ आफ्नो परिवारसँग हेर्नुभयो होला । किनकि परानले सम्पूर्ण परिवारको ध्यान खिचेको छ । एउटा व्यक्तिको मात्र नभई घरका सबै सदस्यको मन जितेको छ । 

    एक्लै हेरेर आउनेहरूले सबै परिवारलाई परान चलचित्र हेराउन लगेको देखियो । स-परिवार एउटै लहरमा बसेर चलचित्र हेरेको दृश्य पनि छर्लङ्गै छ । त्यसैले नेपाली चलचित्र जगतमा कमै बन्ने परानजस्तो फिल्मले हेर्ने तरिकासमेत बदलिदिएको भन्दा फरक नपर्ला । 

    एक्लै, साथीसँग जाने परम्परालाई तोड्दै परानले तीन पुस्ता मात्रै होइन, ठूलै ग्रुप वा कार्यालयका सम्पूर्ण कर्मचारी एकसाथ चलचित्र हेर्ने परम्पराको थालनी भएको छ । यो परम्पराको सुरूवात भने कर्पोरेट हाउसहरूले गरेका छन् । एउटा सिँगो कार्यालय नै हल बुक गरी चलचित्र हेर्न जाने चलनले सम्भवतः थिएन । अहिलेसम्म दर्जनौँ कर्पोरेट हाउसहरूले आफ्ना कर्मचारीलाई सामूहिक रुपमा चलचित्र हेरिइसकेका छन् । यसै क्रममा अग्नि ग्रुपले पनि आफ्ना २५० कर्मचारी र उनीहरूका परिवारसहित बिहीबार सिभिल मलमा ‘परान’ चलचित्र हेरेको छ । 

    चलचित्र हेरेपछि अग्नि ग्रुपकी कार्यकारी निर्देशक सुसन वैद्य श्रेष्ठले भने, “फिल्मले नेपाली समाजको मौलिक कथा पस्केको छ, बुढेसकालमा बुबा-आमालाई छाडेर विदेश जाने सोचलाई निरुत्साहित बनाउनुपर्छ भन्ने सन्देश दिन सफल भएको छ, यसलाई मैले एकदमै सकारात्मक रुपमा लिएकी छु ।” नेपाली चलचित्र उद्योगमा यस्तै सन्देशमूलक फिल्म बन्न जरुरी रहेको उहाँको भनाइ थियो । 

    ‘परान’ मा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend