शुक्रबार, असार २९, २०८०
काठमाडौं । नेपालले एसिसी मेन्स इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध टस जितेको छ। श्रीलंकाको कोलम्बोस्थित कोलोम्बो क्रिकेट ग्राउन्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन् । दुवै टिम प्रतियोगिताको आफ्नो पहिलो खेलका लागि मैदानमा उत्रिन लागेका हुन् ।
ह्यारिसले पाकिस्तानको राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । यस्तै, पाकिस्तानको टिममा मोहम्मद वासिम जुनियर र साहनवाज दाहानीजस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् ।
खेल नेपाली समयानुसार बिहान १०ः१५ बजे सुरु हुनेछ । नेपालले साउन १ गते भारत ‘ए’सँग दोस्रो खेल खेल्नेछ । नेपाली टिमले साउत ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुनेछ ।
प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स ९यूएई० छन् ।
प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।



