२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ओपो A6 Pro प्रि–बुकिङ शुरुः Enco Buds 3 Pro जित्ने मौका


सञ्चार डबली
  • शनिबार, कात्तिक २९ २०८२
  • 5.6K
    SHARES

  • images
    ओपो A6 Pro प्रि–बुकिङ शुरुः Enco Buds 3 Pro जित्ने मौका

    काठमाडौं । ओपोले आफ्नो नयाँ स्मार्टफोन OPPO A6 Pro को प्रि–बुकिङ औपचारिक रूपमा खुला गरेको छ । अब ग्राहकहरूले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन् । प्रि–बुकिङ अवधि कार्तिक २८ देखि मङ्सिर १ गते सम्म सबै ओपो अधिकृत खुद्रा पसलहरूमा सञ्चालन हुनेछ ।

    अफर अवधिभर, OPPO A6 Pro प्रि–बुक गर्ने रु. ३,४९९/– मूल्यका OPPPO Enco Buds 3 Pro जित्ने मौका पाउनेछन् । यो सिमित समयको अफर पहिला ४०० जना भाग्यशाली ग्राहकहरुका लागि मात्र उपलब्ध हुनेछ ।

    Pic_2.jpg
    undefined

    यसमा सहभागी हुन, ग्राहकहरूले नजिकको ओपो अधिकारीक बिक्रेतामा गएर प्रि–बुकिङ फारम भर्नुपर्छ । प्रि–बुकिङ पूरा गर्ने पहिलो ४०० ग्राहकहरू स्वतः यो विशेष उपहार अफरका लागि योग्य हुनेछन् ।

    OPPO A6 Pro ले स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनलाई संयोजन गर्दै आजका युवा र गतिशील प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको छ । यो स्मार्टफोन मंसिर २ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछ, जसले ओपोको लोकप्रिय A–Series लाई थप मजबुत बनाउनेछ ।

    यो प्रि–बुकिङ अफरमार्फत, ओपोले आफ्नो शुरुआती ग्राहकहरूलाई विशेष उपहारसहित अझ उत्साहपूर्ण अनुभव दिन चाहन्छ ।

    ओपोको बारेमाः

    ओपो विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड हो । सन् २००८ मा आफ्नो पहिलो मोबाइल फोन "Smiley Face" सार्वजनिक गरेदेखि, ओपोले डिजाइन र नवप्रवर्तनको संयोजनमा ध्यान केन्द्रित गर्दै आएको छ । आज ओपो ७० भन्दा बढी मुलुकहरूमा ४०,००० भन्दा बढी कर्मचारीहरूसहित सञ्चालनमा छ र स्मार्टफोन, ColorOS तथा अन्य कनेक्टेड सेवा प्रदान गर्दै विश्वभरका प्रयोगकर्ताहरूको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend