२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चलचित्र ‘परान’ हेरेर ईसेवा परिवार भावुक बनेपछि...!


सञ्चार डबली
  • बुधबार, कात्तिक २६ २०८२
  • 6.8K
    SHARES

  • images
    चलचित्र ‘परान’ हेरेर ईसेवा परिवार भावुक बनेपछि...!

    काठमाडौं। नेपाली चलचित्र ‘परान’ रिलिज भएको दुई साता नाघिसक्दा पनि दर्शकको उत्साह भने कायमै छ । यस्ता फिल्महरू बिरलै बन्ने गरेको भन्दै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।अहिले पनि देशभरका हलहरूमा दर्शकको भिड सहजै देख्न सकिन्छ ।

    सामाजिक सञ्जालमा दर्शकहरूले फिल्मको कथा, अभिनय र भावनात्मक प्रस्तुतीको प्रशंसा गरिरहेका छन् । यही माहोलका बीच ईसेवा परिवारले पनि ‘परान’ हेरेको छ । ईसेवाले आफ्ना कर्मचारी र उनीहरूको परिवारका लागि सोमबार साँझ पुल्चोकस्थित लबिम मलमा ‘परान’ को विशेष कर्पोरेट शो आयोजना गरी सामूहिक रूपमा चलचित्र हेर्ने अवसर जुराएको हो ।

    ‘परान’ नेपाली समाजको पारिवारिक परिवेशमा आधारित हृदयस्पर्शी कथा हो । यसमा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ ।

    चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका ‘भीष्मपितामह’ भनेर परिचित शाहले लामो समयपछि मुख्य भूमिकामा पुनरागमन गरेकाले चलचित्रमा विशेष चासो र आकर्षण बढेको हो ।

    यस्तै पारिवारिक र सन्देशमूलक फिल्महरूले समाजलाई सही मार्गमा डो¥याउने भन्दै ईसेवा परिवारले ‘परान’ चलचित्रको खुलेर प्रशंसा गरेको छ । सम्पूर्ण टिम नै एकसाथ फिल्म हेर्दा कर्मचारीबीच आपसी सम्बन्ध, आत्मीयता र सकारात्मक उर्जाको अनुभूति भएको ईसेवाले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend