२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

शाहरूख खानमाथि फिल्म ‘जवान’ का धेरै दृश्य चोरी गरेको आरोप


सञ्चार डबली
  • मंगलबार, असार २६ २०८०
  • 10.5K
    SHARES

  • images
    शाहरूख खानमाथि फिल्म ‘जवान’ का धेरै दृश्य चोरी गरेको आरोप

     

    काठमाडौ, २६ असार । बलिउड सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘जवान’ लाई लिएर निकै चर्चामा छन् । किंग खानका फ्यानहरु उनको बहुप्रतिक्षित फिल्मको प्रतिक्षामा छन् । जहाँ हिजो अर्थात जुलाइ १० मा सो फिल्मको प्रिभ्यु ट्रेलर सार्वजनिक भएको थियो । फिल्म निर्माता एटली कुमारले निर्देशन गरेको यस फिल्ममा शाहरुखका धेरै फरक र कूल लुक्स देखिएका छन्, जसलाई देखेपछि फ्यानहरू जवानको रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन् ।

    यस फिल्मको रिलिज ट्रेलरको अन्तिम भागमा जब शाहरुखले आफ्नो टाउकोबाट ब्यान्डेज हटाउछन्, तब उनको टाउको नयाँ लुकमा देखिन्छ । सुपरस्टारको यस्तो रुप कसैले कल्पना समेत गरेको थिएन । तर सुपरस्टारलाई यस लुकमा देखेपछि फिल्मलाई लिएर सामाजिक सञ्जालमा हलचल मच्चिएको छ । प्रिभ्यु ट्रेलरमा एउटै अभिनेता फरक लुक्समा देखिएका छन् । तर के तपाईलाई थाहा छ कि किंग खान भन्दा अगाडि नै उक्त लुकमा धेरै स्टारले अभिनय देखाइसकेका छन् ।

    रिलिज भएको यो प्रिभ्यु ट्रेलरमा शाहरुख आधा अनुहारमा मास्क लगाएको देखिएका छन्, जसलाई हेरेर फ्यानमा उनको क्रेज झनै बढेको छ । तर त्यसअघि पनि अभिनेता चियान विक्रमको फिल्म अपरिचितमा यो लुकमा देखिइसकेका छन् । उनले फिल्ममा गरेको अभिनयका लागि धेरै तारिफ पाएका थिए ।

    यसपछि प्रिभ्यु भिडियोको एउटा दृश्यमा प्रभासको फिल्म बाहुबलीको स्टाइलमा एक बालकले हात उठाउँदै गरेको देखाइएको छ, जुन बाहुबलीबाट कपी पेस्ट भएको देखिन्छ । यस्तै यस्तै दृश्य द लायन किङमा पनि खिचिएको थियो ।

    जवान मा शाहरुखको अनुहारमा पट्टी लगाएको लुकले मानिसहरूलाई फिल्म डार्क म्यान को याद दिलाउँछ। यसैबीच, पट्टीमा बेरिएको किंग खानको कूल लुक हलिउड वेब सिरिज ‘मून लाइट’सँग धेरै हदसम्म मेल खाएको प्रतिक्रिया जनाइएको छ ।

    र, किंग खानको बाल्ड लुकले साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘शिवाजी द बोस’ को सम्झना दिलाउँछ । सामाजिक सञ्जालमा नेटिजन्सले जवानमा उनको लुक रजनीकान्तको फिल्मबाट नक्कल गरिएको महसुस गरेका छन् ।यसै क्रममा जवानको प्रिभ्यु ट्रेलरमा हाइवेमा छायांकन गरिएको बाइक चेसिङ सीन साउथ सुपरस्टार थला अजितको फिल्म ‘वालिमाई’ को कपी–पेस्ट जस्तो देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend