२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल टेलिकमको सीआरबीटी (CRBT) सेवा पुनः सुचारु


सञ्चार डबली
  • बुधबार, भदौ १८ २०८२
  • 4.8K
    SHARES

  • images
    नेपाल टेलिकमको सीआरबीटी (CRBT) सेवा पुनः सुचारु

    काठमाडौँ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा प्राविधिक कारणले अवरुद्ध भएकोमा अब पुनः सुचारु भएको छ ।

    कम्पनीका अनुसार प्राविधिक समस्या समाधान भइसकेको र सेवा पहिलेझैँ प्रयोग गर्न सकिने अवस्था बनेको हो।

    ग्राहकवर्गको माग र आवश्यकतालाई ध्यानमा राख्दै अविच्छिन्न र गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकम निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।

    टेलिकमले मंगलबार एक प्रेस नोट जारी गर्दै सेवामा समस्या उत्पन्न भएपछि अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाएको थियो ।

    CRBT Solved.png

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend