२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडा अब महासंघमा रुपान्तरण हुने


सञ्चार डबली
  • आइतबार, भदौ १५ २०८२
  • 5.5K
    SHARES

  • images
    नाडा अब महासंघमा रुपान्तरण हुने

    काठमाण्डौ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल अब महासंघमा रुपान्तरण हुने भएको छ । भदौ ८ गते बसेको नाडाको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।  

    डेढ दशक लामो प्रतिक्षापछि नाडालाई विद्यानतः महासंघमा लैजाने निर्णय गरिएको नाडाले जनाएको छ ।  

    नाडाको कार्यसमितिको बैठकले महासंघमा लैजाने निर्णयार्थ भदौ २४ गते मङ्गलबार बिहान ११ बजे द प्लाजा झम्सिखेल ललितपुरमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ ।  

    नाडालाई वास्तविक रुपमै राष्ट्रिय स्तरको संस्था बनाउने र आफ्ना सदस्यहरूको हकहितको समेत समुचित रुपमा संरक्षण गर्नका लागि नाडा अब महासंघमा रुपान्तरण हुने भएको हो ।

     
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend