२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

इम्बार्क कलेजको नयाँ पहल: व्यावसायिक शिक्षा र रोजगारीबीचको खाडल हटाउनका लागि कार्यक्रम गर्दै


सञ्चार डबली
  • शुक्रबार, भदौ १३ २०८२
  • 5.7K
    SHARES

  • images
    इम्बार्क कलेजको नयाँ पहल: व्यावसायिक शिक्षा र रोजगारीबीचको खाडल हटाउनका लागि कार्यक्रम गर्दै

    इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आशिष ठाकुरले भने, 'यो कार्यक्रमले स्नातकहरूले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्छ। हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उ‌द्योगसँग जोडेर नेपालमा करियर-रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छौँ।"

    यस अप्रेन्टिससिप कार्यक्रमले नेपालका प्रमुख तथा नवीन उ‌द्योग र उद्यमहरू सँगको साझेदारी मार्फत योग्य स्नातकहरूलाई रोजगारी सुनिश्चित गर्छ। सहभागी कम्पनीहरूले संरचित तालिम आवश्यकताको मूल्याङ्कन (TNA) अनुसार रोजगारीको अवसर प्रदान गरिनेछ। कार्यक्रमका विशेषताहरूमा पूर्वनियोजित संरचना, व्यावसायिक परामर्श, नियमित मूल्याङ्कन र दीर्घकालीन साझेदारी सम्झौता समावेश छन्, जसले उद्योगलाई दक्ष जनशक्ति र वि‌द्यार्थीलाई सुनिश्चित करियर मार्गदर्शन दिन्छ।

    इम्बार्क कलेजले सुरु गरेको स्टार्टअप क्षमता विकास कार्यक्रमले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका तथा वार्षिक कारोबार १५ करोड भन्दा कम भएका नवप्रवर्तन व्यवसायहरूलाई लक्षित गरेको छ। यस कार्यक्रमले नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औ‌द्योगिक उ‌द्यम ऐन २०७६ सँग मेल खाने गरी परिवर्तनशील व्यवसायहरूलाई सहयोग प्रदान गर्छ। प्राथमिकता दिइने व्यवसायहरुमा नवप्रवर्तन, मापन योग्यता र बजार प्रभाव भएका स्टार्टअपहरु पर्छन्।

    सिइओ ठाकुरका अनुसार, नेपालमा उ‌द्यमशीलताको सम्भावना अपार छ, तर रणनीतिक स्रोतहरू सम्मको पहुँच सीमित छ। हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दिगो व्यवसायमा रूपान्तरण गर्न समग्र क्षमता विकासमा जोड दिन्छ। यी दुई कार्यक्रमहरूले नेपाल सरकारको नीतिअनुरूप समृद्ध उद्यमशील पारिस्थितिक तन्त्र निर्माणमा टेवा पुऱ्याउने कलेजले अपेक्षा गरेको छ ।

    अप्रेन्टिससिप कार्यक्रम:

    • उ‌द्योगका लागि दक्ष जनशक्ति, वि‌द्यार्थीका लागि सुनिश्चित रोजगारी।
    • स्टार्टअप कार्यक्रम आयातमा निर्भरता घटाउँदै, स्वदेशी नवप्रवर्तन र प्रविधि क्षमताको विकास।

          आवेदन प्रक्रिया

    अप्रेन्टिससिप कार्यक्रमका लागि:

    • सीप मूल्याङ्कन,
    • इम्बार्क कलेजको प्रमाणीकृत शैक्षिक तथा सीपमूलक कागजात
    • संरचित अन्तर्वार्ता मार्फत व्यावसायिक मूल्याङ्कन

    स्टार्टअप कार्यक्रमका लागि:

    • कानुनी दर्ता प्रमाणपत्र र वित्तीय विवरण
    • नवप्रवर्तन दर्साउने व्यवसाय योजना
    • परीक्षण समीक्षा (Due Diligence)

    कलेजको मुख्य उ‌द्देश्य नेपालको आर्थिक विकास र नवप्रवर्तनलाई अघि बढाउने व्यावसायिक नेतृत्व उत्पादन गर्नु हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend