२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

वर्षा सिवाकोटी हिँडेपछि १७ हजार कसो नढाल्लिन् भनेपछि विकासलाई बारबार धम्की


सञ्चार डबली
  • सोमबार, भदौ २ २०८२
  • 7.8K
    SHARES

  • images
    वर्षा सिवाकोटी हिँडेपछि १७ हजार कसो नढाल्लिन् भनेपछि विकासलाई बारबार धम्की

    काठमाडौँ । टेलिभिजन कमेडी शो कमेडी दरबारमा पछिल्लो एपिसोडको सामाग्रीलाई लिएर कमेडियन विकास अर्याललाई धम्की आएको छ । 

    कमेडी दरबारका लेखक समेत रहेका अर्यालले पछिल्लो माग्ने राजा चलचित्रको एपिसोडमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नक्कल गर्दै प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिका विषयलाई लिएर बारबार धम्कीपूर्ण फोन आएको उनले बताए ।

    विभिन्न अपरिचित व्यक्तिहरूबाट फोन आइरहेको छ । आफ्नो परिचय खुलाउनुहुन्न तर भिडिओमा बोलिएका केही संवाद हटाउनुहोस् भन्नुहुन्छ ’ कमेडियन अर्यालले भने,मैले उहाँहरूलाई यो एक कमेडी कार्यक्रम हो र यसलाई कमेडिकै रूपमा लिनुहोस् भन्दै आग्रह गरिरहेको छु ।’

    अर्यालका अनुसार कार्यक्रमको ४३ मिनेटमा बोलिएको 'मलाई समान्य नठान्नुस् के, म युद्ध मात्र लडेको होइन, चुनाव मात्र लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लडेको मान्छे हो भन्ने कमेडी र ४४ मिनेटमा बोलिएको अर्को संवाद जसमा वर्षा सिवाकोटी पनि माओवादी जस्तै लाग्छ भन्दा कसरी भन्ने प्रश्नमा ’यस्तो लुक्समा हिँडेपछि १७ हजार कसो नढाल्लिन् र’ भन्ने संवादलाई लिएर आपत्ति जनाइएको हाे । साथै भिडिओमा ५ हजारको जिम्मा लिएको कुरालाई पनि फाेन मार्फत आपत्ति जनाइएको उनले बताए । 

    कमेडियन अर्यालले हास्य व्यङ्ग्यलाई हास्य–व्यङ्ग्यकै रूपमा लिन आग्रह गरेका छन् । उनले यस विषयमा सामाजिक सञ्जालमा लेखेका छन्, ’कृपया हास्य–व्यङ्ग्यलाई हास्य–व्यङ्ग्यकै रूपमा लिनुहोस्। हाम्रो उद्देश्य केही क्षणका लागि भए पनि हँसाउनु हो, विवाद ल्याउनु होइन ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend