२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपालको पहिलो W1 Karting Championship सबै उमेर समूहलाई केन्द्रित गर्दै कार्यक्रम हुने घोषणा


सञ्चार डबली
  • सोमबार, भदौ २ २०८२
  • 8.2K
    SHARES

  • नेपालको पहिलो W1 Karting Championship सबै उमेर समूहलाई केन्द्रित गर्दै कार्यक्रम हुने घोषणा

    काठमाडौँ । द वन्डरल्यान्ड गेम जोनले W1 Karting Championship घोषणा गर्न गइरहेको छ। नेपालमै पहिलोपटक आयोजना हुन लागेको W1 Karting Championship सम्बन्धी सम्पूर्ण जानकारी सार्वजनिक गर्न द वन्डरल्यान्डले आधिकारिक प्रेस सम्मेलन आयोजना गरेको छ ।

    अन्तराष्ट्रिय मापदण्ड अनुसारको यो ऐतिहासिक मोटरस्पोर्ट इभेन्ट मार्फत नेपालमा कार्टिङ रेसिङलाई नयाँ उचाईमा पु¥याउने लक्ष्य राखिएको छ ।

    यो च्याम्पियनसिप कार्यक्रम ३ दिन (अगष्ट २९, ३०, ३१ अगष्ट २०२५) सम्म आयोजना हुनेछ । यस प्रतियोगिताले नेपालमा मोटरस्पोर्ट संस्कृति विकास गर्न, युवा पुस्तामा उत्साह जगाउन र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी ड्राइभर उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यहाँ परिवार र साथीहरूसँग आउन सक्नुहुनेछ । वन्डरल्यान्डले देशभरि लोकप्रियता प्राप्त गर्दै सबै उमेरका मानिसहरूको मन जित्न पनि सफल भएको छ ।

    नेपालको एक शीर्ष रमाइलो पार्क वन्डरल्याण्ड नेपालमा हरेक उमेर समूहका लागि रमाईलो आकर्षणहरू प्रदान गर्न सफल भएको छ । यहाँ थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधिहरू उपलब्ध छन् । गो–कार्टिङ, Virtual reality, motorized zipline, projection bowling, trampoline, outdoor rides, arcade गेम्सजस्ता सुरक्षित र रोमाञ्चक गतिविधिहरूले परिवारलाई अविस्मरणीय यादहरू सिर्जना गर्न सहयोग पुर्याएका छन् ।

    मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ । चाहे निजी कार्यक्रमको आयोजना गर्न चाहना होस वा रोमाञ्चक साहसिक दिन बिताउने योजना बनाउन, वन्डरल्यान्डले हरेक पललाई उत्सवमा बदलिदिएको छ ।

    अहिलेसम्म वन्डरल्यान्ड ले नेपालमा “NWC MMA” प्रतियोगिता र “God is Woman” कन्सट सफलतापूर्वक आयोजना गरिसकेकोे छ । यी सबै कार्यक्रमहरूले वन्डरल्यान्ड नेपालमा आगन्तुकहरूलाई विशेष अनुभव र अविस्मरणीय यादहरू दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend