मंगलवार, साउन २० २०८२
काठमाडौँ र नेपालको विद्युतीय सवारी बजारमा बजाज अटो लिमिटेडले काठमाडौँको नक्सालमा बजाज चेतक ईभीको पहिलो ‘स्टेट-अफ-द-आर्ट’ एक्सपेरियन्स जोनको उद्घाटन गरेको छ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को सहकार्यमा तयार पारिएको सो सोरुमको उद्घाटन गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले साउन २० गते गरेका हुन्।
एकै छानामुनि सम्पूर्ण ईभी सुविधा
करिब १,८०० वर्गफुटमा फैलिएको यो अत्याधुनिक सोरुले उपभोक्तालाई एकै स्थानमा परीक्षण सवारी (टेस्ट राइड), बुकिङ, र चेतक–विशेष सर्भिस सुविधा प्रदान गर्छ।
जहाँ ग्राहकहरूले लाइभ चार्जिङ डेमो, ईभी विशेषज्ञहरूसँग परामर्श, डिजिटल इन्टरफेससहितको अन्तरक्रियात्मक स्कूटर अनुभव, तथा मिनिमलिस्ट र वातावरणमैत्री डिजाइनको अनुभव गर्न सक्नेछन्। सोरुममा आउने ग्राहकले चेतक ब्रान्डको नवप्रवर्तन, डिजाइन र प्रिमियम सेवाको पूर्ण अनुभव गर्न पाउनेछन्।
कार्यक्रममा उपस्थित ईभीप्रेमी र मिडियाकर्मीहरूले बजाजको नयाँ विद्युतीय स्कूटर चेतक ३५०१ को प्रत्यक्ष अनुभव लिएका थिए।
स्कूटरका मुख्य विशेषताहरू
• एकपटक चार्जमा १५३ किमीको ARAI प्रमाणित रेन्ज
• सबै मौसममा भरपर्दो IP67 प्रमाणित फुल-मेटल बडी
• नेभिगेसन, फोन कल र म्युजिक कन्ट्रोल सहितको ५ इन्चको स्मार्ट TFT टचस्क्रिन
• की-लेस एक्सेस, रिमोट इम्मोबिलाइजेसन, एन्टि-थेफ्ट अलर्ट र र दुर्घटना पहिचान
• टू-व्हीलर ईभी सेग्मेन्टमै सबैभन्दा ठूलो ३५ लिटरको अन्डरसिट स्टोरेज
• ३ घण्टाभित्र ०–८०५ चार्ज ३ घण्टाभित्र – छिटो चार्ज हुने क्षमतासहित
सो अवसरमा अभिमन्यु गोल्छाले भने, “यो सोरुम हाम्रो ग्राहकहरूप्रति प्रतिबद्धताको प्रतिबिम्ब हो। हामी चाहन्छौँ प्रत्येक आगन्तुकले चेतकको स्मार्ट डिजाइन, भरपर्दो प्रदर्शन र दिगो भविष्यमाथिको विश्वासलाई अनुभूत गर्न सकून्।”
बजाज चेतकको यो पहिलो एक्सपेरियन्स जोनले कम्पनीको विद्युतीय सवारीसाधनलाई शहरी यात्राको स्मार्ट विकल्प बनाउने दिशामा एउटा ठोस पाइला अगाडि बढाएको छ।
स्मार्ट, प्रिमियम र दिगो गतिशीलताका साथ चेतक ब्रान्ड अब नेपालको ईभी यात्रामा नयाँ मानक स्थापित गर्न अग्रसर छ।


