२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘लाज शरणम्’ फ्लप भएपछि छुट्टियो जिग्री र पाँडेको जोडी


सञ्चार डबली
  • शनिबार, साउन १७ २०८२
  • 5.0K
    SHARES

  • images
    ‘लाज शरणम्’ फ्लप भएपछि छुट्टियो जिग्री र पाँडेको जोडी

    फिल्म ‘लाज शरणम्’ व्यावसायिक रुपमा फ्लप मात्रै भएन । अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको सम्बन्ध जोगाउन पनि फ्लप भएको छ ।

    यही फिल्मका कारण जिग्री र पाँडेको सम्बन्धमा चिसो पसेको छ । व्यावसायिक र व्यक्तिगत असमझदारीले उनीहरुको सम्बन्ध बिग्रिएको चर्चा छ ।

    सोहीकारण चलिरहेको टेलिसिरियल ‘सक्किगोनि’ प्रसारण बन्द भएको छ । जिग्री र पाँडेको सम्बन्ध यस्तै रहे यो सिरियल अब प्रसारणमा आउन निकै मुस्किल रहेको उनीहरु निकट बताउँछन् ।

    त्यही भएर पाँडे फिल्म निर्देशनमा लागिसके । पाँडेको डेब्यू निर्देशनमा बन्ने फिल्म ‘झरीपछिको इन्द्रेणी’को छायाङ्कन बिहीबार सुरु भएको छ । यस फिल्ममा ‘सक्किगोनि’का कलाकार प्रियना आचार्य ‘मुन्नी’ मात्रै छिन् ।

    फिल्म ‘लाज शरणम्’ जिग्री र पाँडेको सयुक्त ब्यानर ‘जेपीटी क्रिएसन’बाट बनेको थियो । यस फिल्मलाई ‘सक्किगोनि’ टिमले बनाएको भनेर प्रचार गरिएको थियो ।

    पाँडेले ‘झरीपछिको इन्द्रेणी’ पशुपति शिवजी ब्यानरबाट बनाउने भएका छन् । अहिलेसम्म पाँडेको फिल्ममा जिग्री कुनै पनि जिम्मेवारीमा छैनन ।

    यता जिग्री पनि अर्को फिल्म निर्देशनको तयारीमा रहेको बुझिएको छ । अर्थात्, पाँडे र जिग्रीले आ–आफ्नो बाटो रोजिसके । पाँडेको फिल्म ‘झरीपछिको इन्द्रेणीमा’ दीपाश्री निरौला, गणेश उप्रेती, निर्मल शर्मा, मुन्नी, रमेश उप्रेती लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।

    यस फिल्ममा समावेश हुने एक गीतमा मेयर बालेन्द्र शाहको र्‍याप गीत रहने पाँडेले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend