२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कपिल शर्मा शोमा नदेखिनुको भारती सिंहले खोलिन् कारण


सञ्चार डबली
  • सोमबार, साउन १२ २०८२
  • 6.8K
    SHARES

  • images
    कपिल शर्मा शोमा नदेखिनुको भारती सिंहले खोलिन् कारण

    काठमाडौं । कमेडियन कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ अहिले नेटफ्लिक्समा चर्चामा छ । कपिलको शोमा ठूला–ठूला सेलिब्रेटीहरू आउँदैछन् र दर्शकले यो शोमा भारती सिंहलाई अझै मिस गरिरहेका छन् । यसपटक भारती सिंह कपिल शर्माको शोको हिस्सा बनेकी छैनन् ।

    तर, उनलाई ‘द ग्रेट इन्डियन कपिल शो सिजन ३’ को अफर आए पनि उनले काम भने गरिनन् । अब एक अन्तर्वार्तामा ‘लाफ्टर क्वीन’ आफैले खुलासा गरेकी छिन् कि किन प्रस्ताव आए पनि किन सो शो को हिस्सा बनिनन्।

    भारती सिंहले मिडियालाई दिएको अन्तर्वार्तामा आफू कपिल शर्मालाई असाध्यै माया गर्छिन र उनलाई आफ्नो भाइ मान्ने बताइन् । यति मात्र होइन, भारती सिंहले कपिल शर्मालाई आफ्नो गडफादर भनेकी छन् । भारतीले कपिलबाट जीवनका धेरै कुरा बुझेको बताइन् । गर्भवती हुँदा उनले शो छोडेकी थिइन् । वास्तवमा, जब उनी पहिलो पटक आमा बनिन्, उनी धेरै डराएकी थिइन्। यस्तो अवस्थामा उनले शोबाट ब्रेक लिइन । त्यसपछि यो सिजन आउँदा भारतीलाई अफर आयो तर उनी ‘लाफ्टर शेफ’ गरिरहेकी थिइन् ।

    भारती भन्छिन् कि उनी एक पटकमा एउटै प्लेटफर्ममा काम गर्छिन् किनभने उनी इमानदार हुन चाहन्छिन्। यस क्रममा भारतीले आफू साथीहरू प्रति इमानदार, पति हर्षप्रति इमानदार रहेको बताइन् । हाम्रा साथीहरू यस क्षेत्र प्रति इमानदार छन् र प्लेटफर्मप्रति पनि इमानदार छन्। अर्थात् कलर्समा उनको शो पहिलेदेखि नै चलिरहेको थियो, जसका कारण उनी नेटफ्लिक्स शोको हिस्सा बन्न सकिनन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend