२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पोखरामा क्लासिक लाखे नृत्य प्रस्तुती


सञ्चार डबली
  • शनिबार, साउन १० २०८२
  • 5.9K
    SHARES

  • images
    पोखरामा क्लासिक लाखे नृत्य प्रस्तुती

     

    काठमाडौं ।  पोखरा रानीपौवामा क्लासिक लाखे नृत्य प्रस्तुती भएको छ । शुक्रबार साझ रानीपौवामा स्थानीय समुदाय संस्कृति, पौराणिक कथा र नृत्य मार्फत समृद्ध सम्पदा जोगाउने उद्देश्यले उक्त विशेष लाखे नृत्य प्रस्तुती गरिएको हो ।

    सोही क्रममा पोखरा महानगरपालिका वडा नं ११ को वडा अध्यक्ष एंव तायामचा नाच समितिको अध्यक्ष पे्रम प्रसाद कर्मचार्यले संस्कृति र परम्परा जोगाउनको लागि युवाहरुलाई प्रेरित गर्ने उद्देश्यले यो नाच निकालिएको बताए ।

    उनले भने, ‘हामीले यसरी लाखे नाच पहिलो पटक निकाल्दै छौ । हाम्रो यो गाईजात्रा तायामचा नाच समिति भन्ने छ । अहिले युवा पुस्ताहरु संस्कृति जोगाउने कुरामा जागरुक भईरहेको बेलामा यो समितिले यस्तो नाच प्रदर्शन गरेको हो । हाम्रो संस्कृति परम्परा जोगाउनको लागि युवाहरुलाई प्रेरित गर्ने उद्देश्यले यो नाच निकालिएको हो ।’

    लाखे निकाले घरमा भएको नकारात्मक असरहरु हट्छ भन्ने मान्यता रहेको पनि उनको भनाई छ । उग्र मुखौटा र शक्तिशाली, ठेस लाग्ने पाइलाहरूका लागि परिचित लाखे नृत्य असल र खराब बीचको कालातीत संघर्षको प्रतीक हो । पोखराको विभिन्न भागहरूमा यो परम्परागत नृत्य प्रदर्शन गरिँदै जाँदा, यसले नेपालको जीवन्त परम्परा र जनताको स्थायी भावना जीवन्त राख्ने काम गर्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend