२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कपिल शर्माले केही दिनअघि मात्रै उद्घाटन गरेको क्यानडाको क्याफेमा गोली चलेपछि...


सञ्चार डबली
  • शुक्रबार, असार २७ २०८२
  • 5.0K
    SHARES

  • images
    कपिल शर्माले केही दिनअघि मात्रै उद्घाटन गरेको क्यानडाको क्याफेमा गोली चलेपछि...

     

    काठमाडौं । भारतका चर्चित हास्य कलाकार तथा अभिनेता कपिल शर्माले क्यानडामा केही दिनअघि मात्रै उद्घाटन गरेको क्याफेमा गोली प्रहार भएको छ। क्यानडाको ब्रिटिस कोलम्बियास्थित सुरे र डेल्टा सहरको सिमानामा पर्ने आवासीय क्षेत्रमा रहेको क्याप्स क्याफेमा बिहीबार ९ राउन्ड अन्धाधुन्ध गोली चलेको हो।

    क्याफे कपिल शर्मा र उनकी पत्नी गिन्नी चतरथले सञ्चालनमा ल्याएका हुन्। आक्रमणको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा एक व्यक्ति कारभित्रै बसेर क्याफेतर्फ गोली चलाइरहेका छन् ।

    अहिलेसम्म घटनामा कोही घाइते भएको खबर छैन। भारतीय समाचार रिपोर्टहरू अनुसार, खालिस्तानी चरमपन्थी हरजीत सिंह लाडीले यस हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ।

    हरजीत सिंह भारतको नेशनल इन्भेस्टिगेशन एजेन्सी (एन–आई–ए( को मोस्ट वान्टेड सूचीमा सूचीकृत छन् । यस घटनाले भारत र क्यानडाबीच बढ्दो खालिस्तानी गतिविधिलाई लिएर फेरि तनाव बढ्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend