२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान २०८०’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान गरिने


सञ्चार डबली
  • मंगलबार, असार २४ २०८२
  • 5.6K
    SHARES

  • images
    यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान २०८०’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान गरिने

    मंगलबार, २४ असार २०८२

    काठमाडौं । नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा प्रदान गरिँदै आएको ‘हेमबहादुर मल्ल सम्मान’ यस वर्ष पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ।

    न्यायिक नेतृत्व, संस्थागत विकास र संक्रमणकालीन न्याय प्रणालीमा पु¥याएको विशेष योगदानको उच्च कदर गर्दै श्रेष्ठलाई सम्मान गर्न लागिएको हो। असार २६ गते बिहीबार विशेष समारोहबीच दुई लाख नगद राशिसहित सो सम्मान प्रदान गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

    श्रेष्ठले कानून र राजनीतिकशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतका न्यायाधीश र पछि मुलुकका २५औं प्रधान न्यायाधीशको भूमिका निर्वाह गरेका थिए। संविधानसभा निर्वाचन, शान्ति प्रक्रिया, समावेशी लोकतन्त्र र वातावरणसम्बन्धी न्यायिक मुद्दामा सक्रियता देखाएको भन्दै उनलाई सम्मान गर्न लागिएको जनाइएको छ।

    सम्मानका लागि गठित छनोट समितिको संयोजकता पूर्व लोक सेवा आयोग अध्यक्ष उमेश मैनालीले गरेका थिए। समितिमा नेपाल जन–प्रशासन संघका अध्यक्ष मधुसूदन आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, नेपाल प्रशासन प्रशिक्षार्थी समाजका अध्यक्ष जीवनराज कोइराला, संघका निर्वाचन सदस्य डा. अम्बिक बस्नेत लगायत रहेका थिए।

    उक्त सम्मान नेपालका ख्यातिप्राप्त प्रशासक तथा व्यवसायी स्व. हेमबहादुर मल्लको स्मृतिमा २०५७ सालमा स्थापना गरिएको हो। मल्ल साल्ट ट्रेडिङ्ग कर्पोरेशनका संस्थापक प्रमुख, कार्यकारी प्रमुख, प्रमुख सल्लाहकारसहित विभिन्न कम्पनी र उद्योगका उच्च पदमा कार्यरत थिए।

    सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सेवामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई दिइने यो सम्मान यसअघि केदारभक्त माथेमा, महावीर पुन, कुलमान घिसिङ, डा.सन्दुक रूइत, भोजराज पोखरेल, उमेश मैनाली लगायत २५ जना व्यक्तिलाई प्रदान भइसकेको छ।

    पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ यो सम्मान प्राप्त गर्ने २६औं व्यक्ति बन्नेछन्। श्रेष्ठ नेपालको २५ औं प्रधानन्यायाधीश हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend