काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अभद्र कमेन्ट गरेको आरोपमा पक्राउ परेका गुन्जन राईको मोबाइल बरामद गरेको छ।नेपाल प्रहरीको साइबर ब्युरोले ललितपुरको बाँडेगाउँबाट ३३ वर्षीय उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुरार उनले सामाजिक सञ्जालमा गायिका चौहानमाथि अभद्र कमेन्ट गरेको आरोप छ। अहिले प्रहरीले उनीबाट एउटा मोबाइल बरामद गरेको छ।‘अहिलेलाई एउटा मोबाइल बरामद भएको छ। उनले विभिन्न फेक आइडीहरू बनाएको देखिन्छ भने, ‘१०–१२ वटा आइडी छ भनेर रिपोर्ट भएको छ। ’ उनी कविता पनि लेख्ने र कला प्रतिष्ठानमा काम गर्ने प्रहरीले जनाएको छ।
चितवन घरभएका उनलाई प्रहरीले ललितपुरबाट बिहीबार पक्राउ गरेको हो। उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको छ।उनीमाथि बिहीबार नै म्याद थप गर्ने प्रहरीको तयारी छ। गत सोमबार गायिका एलिना चौहानले उनीसहित चार जनाविरूद्ध साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्।


