२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर उपलब्ध गराउने


सञ्चार डबली
  • मंगलबार, असार १७ २०८२
  • 5.0K
    SHARES

  • images
    एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर उपलब्ध गराउने

    काठमाडौं । एनसेलले उपभोक्ताहरूको सुविधाका लागि अब नयाँ नम्बर रेन्ज ९७१ बाट सुरू हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ। साउनको दोस्रो साताभित्रै नयाँ सिमहरू वितरण थाल्ने तयारी रहेको कम्पनीले जानकारी दिएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्जको नम्बरहरू वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो। 

    प्राधिकरणले एनसेललाई जारी नम्बर रेन्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरूका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरू अपुग भएकोले नयाँ नम्बर रेन्ज प्रदान गरिएको छ। उक्त नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना नियम अनुरुप जारी भएको छ।

    एनसेलले विभिन्न सेवा प्रदायक कम्पनी, सरकारी तथा गैर सरकारी संस्था, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई यो नयाँ नम्बर रेञ्जलाई हाल सञ्चालनमा रहेका अन्य रेञ्ज सरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेट/अपडेट गर्न अनुरोध गरेको छ

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend