२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पशुपति शर्माले ल्याए व्यंगात्मक गीत 'झोले त तैं, झोले त मैं' (भिडिओ)


सञ्चार डबली
  • बिहीबार , असार ५ २०८२
  • 5.4K
    SHARES

  • images
    पशुपति शर्माले ल्याए व्यंगात्मक गीत 'झोले त तैं, झोले त मैं' (भिडिओ)

    काठमाडौँ , असार ५ । लोकगायक पशुपति शर्माले व्यंगात्मक गीत झोले त तैं, झोले त मैुं सार्वजनिक गरेका छन्।  बिहीबार बिहान सार्वजनिक यो गीतमा पशुपतिले राजनीतिक दल, नेतादेखि कार्यकर्तासम्मलाई व्यंग्य गरेका छन्। 

    छाडा गीत गाउनेदेखि क्यामेरामा भाइरल हुने प्रवृत्तिसम्मलाई समेत गीतमार्फत व्यंग्य गरिएको छ। यो गीतमा पशुपतिको एकल स्वर छ भने यसको शब्द र संगीत पनि उनकै हो।

    समग्रमा रमाइलो शैलीमा तयार यो गीतले खराब व्यक्ति र प्रवृत्तिमाथि व्यंग्य गरेको छ। गीतको भिडिओमा पशुपति स्वयंले अभिनय गरेका छन्। उनीसँगै जेरी भण्डारी भिडिओमा देखिएका छन्। 

    जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडिओमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको सम्पादन छ। पशुपति शर्माको अफिसियल युट्युबमा गीत सार्वजनिक छ।

    भिडिओः

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend