२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल टेलिकमद्वारा भिमसेनथापा गाउँपालिकालाई चार्जिङ स्टेशन हस्तान्तरण


सञ्चार डबली
  • शनिबार, जेठ ३१ २०८२
  • 7.2K
    SHARES

  • images
    नेपाल टेलिकमद्वारा भिमसेनथापा गाउँपालिकालाई चार्जिङ स्टेशन हस्तान्तरण

    काठमाडौं, जेठ ३१ । नेपाल टेलिकमले भिमसेनथापा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र वडा नं ३ को कार्यालयमा चार्जिङ स्टेशन सहयोग हस्तान्तरण गरेको छ ।

    २०८२ जेठ ३० गते खाञ्चोकस्थित गाउँपालिकाको भिमसेनथापा सभाहलमा आयोजित कार्यपालिकाको बैठक कार्यक्रममा नेपाल टेलिकम प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका प्रशासकीय अधिकृत सन्तोष खनालले गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जारालाई उक्त चार्जिङ स्टेशन र मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।

    उक्त कार्यक्रममा बोल्दै प्रशासकीय अधिकृत सन्तोष खनालले नेपाल टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र वातावरणीय सरसफाइ लगायतका क्षेत्रमा सहयोग गर्न सकिने र सो का लागि आफूले पनि आफ्नो स्थानबाट सहयोगको लागि पहल गर्ने बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जाराले आफू जन्मेको गाउँपालिकालाई सुन्दर बनाउन कम्पनीको तर्फबाट सहयोग हस्तान्तरण गरिदिनुभएकोमा धन्यवाद व्यक्त गर्दै आफूले गाउँपालिका र वडा कार्यालयहरुमा नेपाल टेलिकमको इन्टरनेट सेवा प्रयोग गर्न चाहेको बताउनुभयो । उहाँले घ्याम्पेशाल टावरबाट खाञ्चोकस्थित गाउँपालिका कार्यालयसम्म फाइबर जडान गर्न नेपाल टेलिकमको इष्टिमेट बमोजिमको रकम भुक्तानी गरिसक्दा पनि उक्त कार्यका लागि कम्पनीबाट खासै चासो नदेखाउनु दुःखको कुरा भएको उल्लेख गर्दै आवश्यक समन्वयको लागि आग्रह समेत गर्नुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले सेवाग्राहीको सुविधाका लागि नेपाल टेलिकमबाट प्रदान गरिएको मल्टीचार्जरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अमृता देवी वस्ती (भट्ट), विभिन्न शाखा प्रमुखहरू, ८ वटै वडाका वडाध्यक्षहरु, विश्व खाद्य संगठनका नेपाल प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

    photo bhimsen.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend