काठमाडौं, जेठ २७ । मंगलबार दिउँसो नेपाल टेलिकमको सेवा प्रभावित भएको छ। कम्प्युटर प्रणालीमा समस्या आउँदा टेलिकमको सेवा प्रभावित भएको हो।
दूर सञ्चार प्रणाली र बिलिङ प्रणालीबीचको इन्टरफेसमा समस्या आएको (ओसीएस)का कारण टेलिकममा समस्या आएको हो। ओसीएसका कारण मंगलबार अपराह्न २ बजेदेखि करिब डेढ घण्टा नेपाल टेलिकमको सेवा प्रभावित भएको हो।
उक्त समस्याले अगमन कल र डायलिङ कलसहित एसएमएस सेवामा अवरोध आएको हो।



