२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बक्स अफिसमा फिल्म ‘आदिपुरुष’ प्याक अप


सञ्चार डबली
  • मंगलबार, असार १२ २०८०
  • 9.3K
    SHARES

  • images
    बक्स अफिसमा फिल्म ‘आदिपुरुष’ प्याक अप

     

    काठमाडौ, १२ असार । बलिउडको बहु प्रतिक्षित फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै हंगामा मच्चिएको थियो । यस फिल्मका निर्मातामाथि धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको छ । बढ्दो विवादलाई देखेर निर्माण पक्षले चलचित्रका संवादहरू परिवर्तन गरेका छन् र थ्रीडी टिकटको मूल्यसमेत घटाएका छन तर पनि ‘आदिपुरुष’ले गति लिन नसकेको र दिनप्रतिदिन आम्दानीमा ह्रास आएको छ ।

    योसँगै फिल्मको ११ औं दिन अर्थात दोस्रो सोमबारको कमाईको प्रारम्भिक तथ्यांक पनि आएको छ, जसले ठूलो झट्का दिनेछ । सैकनिल्क को प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘आदिपुरुष’ ले रिलिज भएको ११ औं दिन अर्थात दोस्रो सोमबार मात्रै करिब २ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जससँगै फिल्मको कुल कलेक्सन २७७।७५ करोड पुगेको छ ।

    ‘आदिपुरुष’को आम्दानीमा दिनप्रतिदिन ठूलो गिरावट हुदाँ रिलिजको ११ औं दिनमा यसले अहिलेसम्मकै न्यून कलेक्शन हो । यस्तो अवस्थामा अहिले बक्स अफिसमा आदिपुरुषको प्याक अप भएको छ भने ३०० करोडको क्लबमा सामेल हुन पनि निकै गाह्रो भएको स्पष्ट भएको छ । अचम्मको कुरा के छ भने ६ सय करोडको ठूलो बजेटमा बनेको ‘आदिपुरुष’ ले आफ्नो लागत पनि निकाल्न सकेको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend